Home
Opportunities
राजधानी समाचारदाता 5 months ago

कुमार पाण्डे उपाध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादक संघ ।


First AGM

मेरो जन्म २०२३ साल चैत १३ गते धादिङको धार्केबजार (साबिक जीवनपुर)मा भएको हो । मेरो आमाको नाम भगवती पाण्डे र मेरो बुबाको नाम सिद्धिराज पाण्डे हो । मेरो परिवार मध्यम वर्गीय कृषक परिवार हो । हामी पाँच जना दाजुभाइ र तीन जना दिदीबहिनी छौं । मेरो बुबाले धेरै दुःखकष्ट र मेहनत गरी हामी सबैलाई काठमाडौंमा पढाउनुभयो । म पाटन स्कुलबाट एसएलसी पास गरी त्रिचन्द्र कलेजबाट आईएस्सी पढेर अमेरिका पढ्नका लागि गएको थिएँ । अमेरिकाको ब्राउन विश्वविद्यालयबाट मैले सन् १९९१ मा इलेक्ट्रोनिक इन्जिनियरिङ डिग्री सम्पन्न गरें । पढाइ सकेपछि मलाई अमेरिका बस्न मन लागेन र दुई÷तीन महिनामै नेपाल आएँ । नेपालमै केही गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अमेरिकाबाट आएपछि मैले निजी क्षेत्रको बुटवल पावर कम्पनीमा जागिर खाएँ । त्यतिबेला झिमरुक जलविद्युत् आयोजना र आँधीखोला जलविद्युत् आयोजनामा इन्जिनियरको रूपमा मैले बुटवलमा बसेर काम गरें ।

इलेक्ट्रोनिक इन्जिनियरिङ पढ्ने इच्छा कहाँबाट आयो ?

केही हदसम्म नेपालको आवश्यकता मलाई थाहा थियो । नेपालमा त्यतिबेला रोड, पुलहरू र हाईड्रोपावरको कुरा बढी आएको थियो । म नेपालमै आएर काम गर्न चाहन्थें त्यो कारणले मैले हाइड्रोपावरमा काम गर्न सकिन्छ भनेर नै मैले इलेक्ट्रोनिक इन्जिनियरिङ पढेको हुँ । अर्को कुरा मेरो ठुलो दाई पनि अमेरिकाबाट पढेर फर्किनु भए पछि लद्युजलविद्युत आयोजनामा काम गर्नु हुन्थ्यो । मलाई त्यसबाट नेपालमा पनि हाइड्रोमा सम्भावना छ भनेर निकै ठूलो प्रेरणा मिलेको थियो ।

व्यवसायीक रुपमा ऊर्जा क्षेत्रमा कहिलेबाट प्रवेश गर्नु भयो ?

मैले सन् १९९१ मा बुटवल पावर कम्पनीमा जागिर सुरु गरें । १९९५÷९६ तिर मलाई इन्जिनियरिङसम्वन्धि काम मलाई मन पर्न छोड्यो । त्यसपछि सोही कम्पनीको म्यानेजमेन्टमा बसेर काम गरें । सन् १९९७÷९८ सम्म बसेपछि त्यतिबेला निजी क्षेत्रलाई हाईड्रो सेक्टरमा आउन दिनु पर्छ भनेर एउटा अभियान चल्यो र त्यसमा मेरो पनि संलग्नता रहेको थियो । त्यसबेलासम्ममा खिम्ती र भोटेकोसी त आउने भई सकेका थिए । तर निजी क्षेत्रले विद्युत उत्पादन गर्ने वातावरण बनि सकेको थिएन । हाम्रो काम गरेको अनुभव र सम्पन्न भएका आयोजनालाई देखेर हामीलाई त्यतिबेला नेपालमा निजी क्षेत्रले जलविद्युत आयोजना बनाउन सक्छन भन्ने भयो र सरकारसँग यो विषयमा समन्वय भयो । वि.सं २०५५÷५६ साल तिर नयाँ नीति आयो । वि सं २०४९ सालमा आएको ऐन नपुग भएपछि नयाँ नीति ल्याइएको थियो । त्यसबेला नेपाल विद्युत प्राधिकरणले हामीले उत्पादन गरेको विजुली किन्छु भन्नु पथ्र्यो र किन्ने दर तोक्नु पथ्र्यो । २०५५÷५६ साल तिर विद्युत प्राधिकरणले निजी क्षेत्रले उत्पादन गरेको विजुली किन्छौ भनेर पोष्टेड रेट तयार ग¥यो ।

निजी क्षेत्रको प्रवेशसँगै २०५६÷५७ तिर लमजुङ विद्युत विकास विभाग भन्ने कम्पनीमा म्यानेजरको रुपमा आवद्ध भएँ । त्यहाँ हामीले दुई तिन वटा आयोजना अध्ययन ग¥यांै । त्यसमध्ये अहिले बन्दै गरेको २० मेगावाटको न्याङदी पावर कम्पनी पनि पर्छ । त्यतिबेला अध्ययन गरेको त्यो ठुलो आयोजना थियो । त्यसबेला त्यती ठुलो आयोजनामा लगानी जुटाउन नसकिने अवस्था भएपछि हामीले त्यो भन्दा सानो साढे तिन मेगावाटको खुदी भन्ने आयोजना पहिचान ग¥यांै । त्यो आयोजना त्यतिबेला क्यानेडीएन पार्टनर ल्याएर बनाउने भन्ने योजना बन्यो । त्यो आयोजना बन्दा नेपालमा हाइड्रोपावरमा त्यति माहोल थिएन । बैंकहरू पनि लगानी गर्न चाहँदैनथे । त्यसबेला निजी क्षेत्रबाट पिलुवा खोला मात्रै बनेको थियो । त्योबाहेक अरू आयोजना बनिरहेको थिएन । त्यसक्रममा हामीले एकदम सानो १८३ किलोवाटको एउटा आयोजना लमजुङमा बनायौं । आयोजना बनाउन एकदमै असजिलो थियो । बाटो थिएन । सामानहरू हेलिकोप्टरबाट लैजानुप¥यो । त्यतै बसेर बनाउन मिल्ने सामान त्यहीँ बनायांै । गाउँका प्रत्येक घरधनीलाई सेयर हाल्न लगायौं र मेगावाटको हिसाब गर्ने हो भने १० करोड प्रतिमेगावाटमा आयोजना सम्पन्न ग¥यौं । त्यो १८३ किलोवाटको आयोजना बनाउँदा हामीले धेरै कुरा सिक्यांै र ठूलो अनुभव पनि लियांै । त्यसपछि मैले स्याँगे भन्ने आयोजना बनाउने क्रममा द्वन्द्वकाल पनि सुरु भइसकेको थियो । द्वन्द्वकालले खुदी आयोजनामा विदेशी लगानी ल्याउन स्पिड घट्यो । त्यतिबेला बुटवल पावर कम्पनीलाई निजीकरण गर्ने तयारी भइरहेको थियो ।

त्यसक्रममा हामीले पहिले बनाएको झिमरुक जलविद्युत् आयोजनामा बम आक्रमण भयो । त्यसपछि नर्वेजियन सरकारले जलविद्युत् कम्पनी निजीकरण गर्ने हो भने झिमरुक आयोजना सित्तैमा बनाइदिन्छौं भन्यो र नेपाल सरकारले बुटवल पावर कम्पनीलाई पत्र लेख्यो । त्यसपछि म फेरि त्यो आयोजना पुनर्निर्माण गर्न प्युठान गएँ । आयोजनाको पुनर्निर्माण तोकिएको लागत र समयभन्दा पहिले नै सम्पन्न भयो । त्यो हाम्रो ठूलो सफलता थियो । त्यसपछि २०५९÷६० सालतिर द्वन्द्वकाल अझै चर्केर गयो । त्यसपछि नेपालमा काम गर्ने वातावरण भएन ।

सन् २००४ तिर एमबीए पढ्न परिवारसमेत लिएर म अमेरिका गएँ । २००४ देखि २००७ सालसम्म म अमेरिकामै बसें । त्यसबीचमा २०६३ सालमा शान्ति सम्झौता भयो । मैले पनि नेपालमा अब राजनीतिक स्थिरता हुन्छ र फेरि केही गर्न सकिन्छ कि भनेर २०६४ सालमा परिवारसहित स्वदेश फर्कें । त्यसपछि आएर हामीले ज्ञानेन्द्रलाल प्रधानसँग मिलेर हाइड्रोसोलुसनसम्बन्धी कम्पनी खोल्यांै । त्यस कम्पनीमार्फत विभिन्न आयोजना अध्ययन र निमार्ण ग¥यौं । त्यहाँ नौ÷दस वर्ष बिताएँ ।

हाइड्रोसोलुसनमा काम गर्दा यहाँको नेतृत्वमा कति आयोजना सम्पन्न भए र कतिको अध्ययन भयो ?

हामीले त्यसबेला दुई दर्जनभन्दा बढी आयोजनाको अध्ययन गरेका थियौं । तर, ती सबै आयोेजना बनाउन सम्भव थिएन । अध्ययन गरेर उत्पादन गर्न मिल्ने आठ÷दसवटा मात्रै थिए । हामीले निर्माण गरेका आयोजना भनेको सिन्धुपाल्चोक, दोलखा, पर्वत र सिन्धुपाल्चोकमा एक÷एकवटा आयोजना गरेर ६० मेगावाटका अयोजनामा प्रवद्र्धकका रूपमा सेयर हाल्यौं र निर्माण ग¥यौ । केही अहिले बन्दै छन् ।

म हाइड्रोसोलुसन कम्पनीको बोर्डमा हुँदाहँुदै नेसनल हाइड्रोपावरको बोर्डमा गएँ । म त्यहाँ जाँदा कम्पनीको अस्तित्व नै संकटमा थियो । कम्पनीको कार्यकारी अध्यक्षको रूपमा मैले त्यो कम्पनीमा बसें । सात वर्षमा निकै सुधार गरेर अहिले अलि राम्रो स्थितिमा पुगेको छ । यद्यपि, सेयर भाउ भने अझै बढ्न सकेको छैन । अहिले त्यो आयोजनामार्फत दुई÷तीनवटा आयोजना बन्दै छन् ।

जलविद्युत्कै कुरा गर्ने हो भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)मा सात वर्ष जति भयो । यहाँबाट हामीले देशलाई चाहिने नीति कस्तो हो र निजी क्षेत्रलाई चाहिने नीति कस्तो हो भन्ने विषयमा सरकारसँग निरन्तर समन्वय गरिरहेका छांै ।

लामो समयसम्म ऊर्जा क्षेत्रमै बिताउनुभयो । यसबीचमा कस्ता उतार चढाव आए ?

हामीले २०४७÷४८ सालमा हाइड्रोपावरमा काम गर्दा बहुदलीय प्रजातन्त्र भर्खर आएको थियो । त्यसबेला निजी क्षेत्रले हाइड्रोपावर बनाउँदा दुःख उत्तिकै थियो । साना आयोजना गाउँमा लिएर जाँदा मानिसहरूले आयोजना आएपछि बिजुली आउँछ, बाटो घाटो बन्छ, रोजगारी पाइन्छ र विकास हुन्छ भन्ने सर्वसाधारणको सोच थियो । वास्तममा उनीहरूको जीवनस्तरमा पनि सुधार आएकै हो । त्यसकारण पहिले–पहिले मान्छेहरूलाई सम्झाउन सजिलो थियो तर अहिले के भयो भन्दा मान्छेलाई सम्झाउन गाह्रो छ । त्यसकारण अहिले जलविद्युत् आयोजना बनाउन त्यति सजिलो छैन ।

कानुन त हामीले २०४९ सालकै प्रयोगमा ल्याइरहेका छांै । हामीले आयोजना सुरु गर्दा पीपीए कस्तो हुनुपर्छ, ईआईए र स्ट्यान्डर्ड पीपीए भन्ने नै थाहा थिएन । अहिले आएर धेरैपटक कुरा दोहोरिँदा एउटा सिस्टम बसिसकेको छ । त्यसबेला पीपीए गर्ने, लाइसेन्स लिने, ईआईए गर्ने भन्ने कुरा नै थाहा थिएन । यस्ता कुराले कतिपय ठाउँमा सजिलो पनि बनाएको थियो भने कतिपय ठाउँमा काम नै हुन नसक्ने वतावरण थियो । अब हामीलाई केके गर्नुपर्छ भन्ने थाहा भइसकेको छ । त्यतिबेलाको पोलिसी अहिले जस्तो विस्तृत थिएन । तर, अहिले आएर हाइड्रोपावर धेरै बन्न थाले १२० देखि १३० आयोजना बन्दै छन् । ८३ वटा आयोजना बनिसकेका छन् । त्यसकारण पनि नीतिमा परिमार्जन गर्दै सुधार आएको छ ।

अब आजको चुुनौती भनेको बजार हो । हाम्रो १ हजार २ सय मेगावाटको सिस्टम त बनाएका छांै । तर, अब हामी तीन÷चार हजार मेगावाट बिजुली बनाउँदै छांै । त्यो बिजुली कहाँ बेच्ने भन्ने चुनौती छ । बैंकहरूले धमाधम जलविद्युत्मा अर्बाैं लगानी गरिसकेका छन् । अब हामी ल्याउने आयोजनाले आर्थिक चुनौती, सस्तो कसरी बनाउने र विद्युतीय भौतिक संरचना बलियो बनाउन सक्छौं कि सक्दैनांै भन्ने चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । निजी प्रवद्र्धकको हकमा वित्तीय पारदर्शिताको चुनौती पनि उत्तिकै रहेको छ । वित्तीय पारदर्शिता आउनु ठीक पनि हो किनभने अहिले लाखांै मानिस जलविद्युत्का लगानीकर्ता बनेका छन् । उनीहरूको लगानी पनि सुरक्षित राख्ने प्रवद्र्धकको जिम्मेवारी हुन जान्छ ।

सफलताका सूत्रहरू केके पाउनुभयो त ?

सफलताको सूत्र दुई÷तीनवटा छन् । पहिलो त टिममा काम गर्ने । यहाँ सयांै खालका मानिसहरूको आवश्यकता पर्छ । त्यसलाई एउटै ठाउँमा राखेर काम गर्नुपर्छ । अर्को कुरा आफ्नो पे्साप्रति इमानदार हुनुपर्छ । स्रोत जुटाउन सक्नुप¥यो । त्यसैले सूत्र भनेर एउटा सूत्र छैन । यी सबै कुरा आवश्यक छन् । यो क्षेत्रमा प्रवेश गर्नेले धेरै जटिलताको सामना गर्नुपर्ने हुन्छ । म जटिलता पनि भन्छु । ऊर्जामा लगानी गर्दा आम्दानी फिक्स हुन्छ । खर्च कति हुन्छ त्यसको अनुमान हुँदैन । अन्य पेसामा त्यस्तो हँुदैन । त्यसकारण यो पेसामा प्रवेश गर्नेले मैले आफ्नो दक्षताले मात्रै म पैसा कमाउँछु भन्ने बुझ्नुपर्ने जरुरी छ । अर्को कुरा के हो भने हाइड्रोपावर भनेको दीर्घकालीन लगानी हो । यसमा लगानी गर्ने लगानीकर्ताले कम्तीमा पनि १८ वर्षसम्म मैले केही पनि पाउँदिन लगानी मात्रै गर्छु भन्ने सोच पहिले नै बनाउनुपर्छ । त्यसकारण हाइड्रोपावरमा लगानी गर्नु भनेको १७÷१८ वर्षको तपस्या हो । साथै, म पब्लिकमा सेयर किन्ने लगानीकर्तालाई पनि यो कुरा बुझेर मात्रै लगानी गर्न आग्रह गर्छु ।

हाइड्रोपावरको भविष्य कस्तो छ ?

हाइड्रोपावर हाम्रो विकासको संवाहक बन्न सक्छ । त्यसका लागि विद्यमान नीतिनियम र ऐनको परिमार्जन गर्नुपर्छ । अहिलेको नीतिनियम प्रोत्साहन गर्ने खालका छैनन् । यी कुरामा परिमार्जन गरेनन् भने बिजुलीको बजार, पैसाको बजार र सस्तो बिजुली हुनै सक्दैन । किनभने हामीले हाम्रो देशमा उपभोग बढाउन सक्दैनौं, महँगो बिजुली हुँदा दोस्रो मुलुकमा बेच्न सकिँदैन । त्यसकारण हामीले आन्तरिक खपत बढाउन कृषि, पर्यटन, उद्योग र पारवाहन जस्तो क्षेत्रमा विद्युत् विस्तार गर्न सक्नुपर्छ । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने हो भने हाइड्रोपावरको भविष्य निकै राम्रो छ ।